Namita Sharma
'नारी' एक ’शक्ति’ हो जसको कण - कणले चोट लुकाई मिठो मुस्कान फूलाउँछ, मर्नु होइन लड्न सिकाउँछ। भेदभावको दल - दलमा भासिए पनि आफ्नो अस्तित्व बचाउँने कोशिश जारी छ। कुनै कानून र धारा कोरिएको छैन आज सम्म जसमा पुरूषले मात्र धन कमाउने र नारीले भात पकाएर बस्ने। नारीको जात सब्जी र भात मात्र नभएर सफलताको काख पनि हो। फरक मानिसको लिंगमा होइन, मानिसको सोचमा छ। सकरात्मकताको ढोका खोलौं र नारी अस्तित्व बचाऊँ।